काठमाडौं, साउन २२ । ज्योति घिमेरेले आफ्नो नयाँ कोसेली "बदामे ति आँखा" बोलको गीत मार्फत फेरी प्रसंशकहरु माझ आउनु भएको छ। नेपाली सांगीतिक फाँटमा साँढे तीन दशक बिताई सक्नु भएका घिमेरेको यात्रा रक, पप विधाको ब्याण्ड निओ प्रिजम देखि ब्यबसाइक यात्रा सुरु भए पनि ब्याण्डमा मात्र सिमित नभई उहाँको "नसालु तिम्रो हेराइले, मस्कि मस्कि, अन्जान तिमि, बल्झियो फेरी," बोलका गीतहरु श्रोतामाझ निकै रुचाईएका गीतहरु हुन्।
"बदामे ति आँखा" महेश राज थापाको शब्द/संगीत रहेको यो गीतमा निखिल तुलाधरले कंगो बजाएका छन् भने प्रमोद (ठुलो भाई) ले ड्रम्समा साथ् दिएका छन्। दिनेश रेग्मीको किबोर्ड, विक्रम कार्कीले ब्यास गितार र अडियो एन्ज़िनीरइंगमा साथ् दिएका छन् भने ज्योति घिमेरेको स्वर तथा गितारले सजिएको "बदामे ति आँखा" पारस मल्ल द्वारा निर्देशित भीडियोमा बिबेका कोइराला र रोशन धितालको अभिनयले सजिएको छ।