Kath khabar
लगातार उभिँएर खुट्टा दुख्ने समस्या छ भने यी उपाय अपनाउनुहोस्


          काठमाडौं, साउन २३ । लगातार उभिँदा धेरैलाई खुट्टा दुख्ने समस्या हुन सक्छ । यदि तपाईको तौल बढी छ भने पनि लगातार उभिँदा खुट्टामा थप दबाब पर्छ र दुखाइ बढ्न सक्छ। खुट्टाको दुखाईबाट छुटकारा पाउन यि उपाय अपनाउन सक्नुहुन्छ ।

तोरीको तेलले खुट्टामा मालिस गर्दा दुखाइ कम हुन्छ । मसाज गर्नाले खुट्टाको मांसपेशीको दुखाइबाट आराम मिल्छ । मसाज गरेपछि सुत्नुहोस् अथवा आराम गर्नुहोस् ।

सिधे नुनको मद्दतले खुट्टा दुख्ने समस्यालाई हटाउन सकिन्छ । तातो पानीमा यो नुन मिसाएर पिँउदा दुखाई कम हुन्छ अथवा मनतातो पानीमा सिधे नुन राखेर खुट्टालाई १५/२० मिनेट डुबाएर राख्नुस् । यसो गर्नाले खुट्टा दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

खुट्टा दुख्ने समस्यालाई हटाउन स्ट्रेचिङ एक्सरसाइज अथवा खुट्टा तन्काउने व्यायाम गर्नुहोस् । स्ट्रेचिङ गर्न, भुइँमा बसेर खुट्टा सीधा गर्नुहोस् । त्यसपछि हातले औंलाहरू समात्नुहोस्।  त्यसपछि औंलाहरूलाई भित्रतिर घुमाउनुहोस् । यसलाई २/३ पटक दोहोर्याउनुहोस् र त्यसपछि सामान्य अवस्थामा आउनुहोस् ।

बरफले सेक्दा पनि खुट्टा दुख्ने समस्यामा राहत मिल्छ । सफा कपडामा बरफ बेरेर खुट्टा दुखेको वरिपरी सेक्नुहोस् । यसो गर्दा खुट्टाको सुन्निने समस्या हट्छ । तपाईंले दिनमा २ देखि ३ पटक बरफले सेक्ने गर्न सक्नुहुन्छ। यी सजिलो उपायहरूको मद्दतले खुट्टा दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ।

प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update