काठमाडौं, साउन २३ । नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन भने नेप्से आज सोमबार भने १७ दशमलव ६७ अंकले घटेर २१ सय छ दशमलव १६ अंकमा सीमित हुन पुगेको छ ।
यसैगरी सेन्सिटिभ पनि तीन दशमलव ४१ अंकले घटेर चार सय छ दशमलव १४ अंकमा सीमित हुन पुगेको छ । आज नेप्सेमा दुई सय १४ वटा कम्पनीहरूको ४४ हजार पाँच सय ५३ पटकको कारोबारमा ६५ लाख २७ हजार चार सय १४ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ८५ करोड ७० लाख ७२ हजार नौं सय ६१ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये उत्पादनमूलक र सामूहिक लगानी कोष समुहको सूचक बढेर बाँकी रहेको वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, अन्य, लघुवित्त र लगानी सहितका ११ वटा समुहहरूको सूचक भने घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज गुराँस लघुवित्त वित्तीय संस्था, युनिलिभर नेपाल लिमिटेड, हिमालयन हाइड्रो पावर लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने जानकी फाइनान्स, एनआईसी एशिया सेलेक्ट फन्ड, मिथिला लघुवित्त वित्तीय संस्था, माछापुच्छ्रे बैंक आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, नेशनल हाइड्रो पावर कम्पनी, नबिल बैंक आदि परेका छन् ।