Kath khabar
सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुला



           काठमाडौं, साउन २३ । सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

यसै अनुरुप सानिमाले विगत लामो समयदेखि काठमाण्डौ उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ र १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । सोहि कार्यक्रमलाई निरन्तरता दिंदै बैंकले उच्च माध्यमिक तह (प्लस टु) अध्ययन गर्नका लागि काठमाण्डौ उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन खुला गरेको छ । उक्त छात्रवृत्ति अन्तर्गत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगदवृति दुई हजार  रुपैंयाँ प्रति महिना गरी प्रत्येक विद्यार्र्थीलाई ५० हजार रुपैंयाँसम्मको छात्रवृत्ति प्रदान गरिने बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार छात्रवृत्ति आवेदन २०७९ भदौ ३१ गतेसम्म दिन सकिने छ । यो छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारी बैंकको वेवसाइटमा उपलब्ध छ । बैंकले देशका सात वटै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

 

प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update