Kath Khabar
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान



          काठमाडौं, साउन २४ । मन्त्रिपरिषद्को यही साउन १९ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी सागर बहादुर थापा र मानार्थ उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी निरज पौडेललाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले साउन २३ गते सोमबार जंगी अड्डामा आयोजित कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ । पदोन्नती हुनु भएका उपरथी श्री सागर बहादुर थापा श्री कार्यरथी विभागको विभागीय प्रमुखमा नियुक्ति हुनु भएको छ ।

सोही अवसरमा, प्रधान सेनापति महारथी शर्माले सहायक रथी दर्जामा पदोन्नती हुनु भएका तीन जना महा सेनानीहरु र महा सेनानी दर्जामा पदोन्नती हुनु भएका पाँच जना प्रमुख सेनानीहरुलाई पदोन्नती दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको थियो ।   

 

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update