ललितपुरको लामाटारमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु

ललितपुर, साउन २४ । महालक्ष्मी नगरपालिका-९ लामाटारमा प्रदेश ०३–०२–०१२ प ८३६८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका-१३ झरुवारासी बस्ने १८ वर्षीय उत्सब नगरकोटीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाईते भएका उनको कृष्ट अस्पताल हुँदै बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९ १३:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय