Kath khabar
नेप्सेमा ४५ अंकले गिरावट, सबै सूचक घटेर रातै



          काठमाडौं, साउन २४ । नेप्सेमा पुन गिरावट आएको छ । अघिल्लो दिन घटेको नेप्से आज मंगलबार पुन ४५ दशमलव ४२ अंकले घटेर दुई हजार ६० दशमलव ७३ अंकमा सीमित भएको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव ६८ अंकले घटेर तीन सय ९६ दशमलव ४२ अंकमा सीमित हुन पुगेको छ । आज दुई सय २२ वटा कम्पनीहरूको ४६ हजार दुई सय ८९ पटकको कारोबारमा ६६ लाख ४६ हजार ३६ कित्ता खरिद बिक्री भएका छन् । जसबाट आज दुई अर्ब ८१ करोड ५१ लाख ४४ हजार पाँच सय ९८ रुपैयाँको शेयर किनबेच हुन पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये आज वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज हिमालयन हाइड्रो पावर कम्पनी, गुराँस लघुवित्त वित्तीय संस्था, युनिलिभर नेपाल लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने गणपति माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था,  तेह्रथुम पावर लिमिटेड, सामलिङ पावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नागरिक लगानी कोष, शिवम् सिमेन्ट, नबिल बैंक आदि परेका छन् ।


 

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update