नेपालमा एकैदिनमा १०९० जनामा कोरोना पुष्टि, थप दुई जनाको मृत्यु
चार सय ४३८ जना संक्रमणमुक्त
काठमाडौं, साउन २४। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ९० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल छ हजार तीन सय वटा नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार नौं सय ७४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप चार सय ३८ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या पाँच हजार आठ सय छ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९ १६:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय