Kath khabar
टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड अब आइएमई पे मार्फत


            काठमाडौं, साउन २४ । शेयर लगानीकर्ताले आफ्नो  टिएमएस मार्फत आइएमई पे छनौट गरि आफूले ब्रोकरलाई  शेयर खरिद गरे बापत गर्नुपर्ने भुक्तानी साथै शेयर खरिद गर्न चाहिने कोलेटरल लोड गर्न सक्नेछन् । हाल यो सुविधा ३५ वटा भन्दा बढी ब्रोकरहरुमा उपलब्ध छ । आगामी दिनमा बाँकी ब्रोकरहरू पनि थपिने कम्पनीले जानकारी दिएको छ ।

टिएमएसमा धितो लोड गर्दा र फन्ड सेटलमेन्ट गर्दा आइएमई पे रोजी सजिलै कारोबार गर्न सकिने हुँदा यसले शेयर कारोबार गर्ने सबैलाई थप सहज हुने साथै भुक्तानी सेवाप्रदायक यसरी टिएमएसमा जोडिनुले नेपालको  शेयर बजारलाई डिजिटाइज्ड गर्न थप टेवा पुग्ने कम्पनीका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले उल्लेख गरेका छन् ।  यो भुक्तानी रियल-टाईममा हुने भएकोले ब्रोकर तथा शेयर लगानीकर्ता दुवैले ढुक्कै कारोबार गर्न सक्नेछन् । यो सुविधा प्रयोग गर्ने शेयर लगानीकर्तालाई हालको लागि कुनै सेवाशुल्क नलाग्ने गरी व्यवस्था मिलाइएको छ ।

आइएमई पेको बारेमाः
नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवाप्रदायक हो । “आइएमई पे”आइएमई ग्रुपको डिजिटल वित्तिय सेवाप्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली- २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरूको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति-व्यक्तिबिचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यू आर स्कान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने, र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ ।

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुविधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढि ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।

 

 

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update