Kath khabar
झण्डै छ अंकले घट्यो नेप्से , ११ वटा समुहले कमाउँदा दुई वटाले गुमाए

 


         काठमाडौं, साउन २५ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज बुधबार पनि घटेको छ । नेप्से आज पाँच दशमलव ९१ अंकले घटेर दुई सय ५६ दशमलव ८८ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६८ अंकले घटेर तीन सय ९५ दशमलव ७५ अंकमा सीमित भएको छ ।

आज नेप्सेमा दुई सय १८ वटा कम्पनीहरुको ३६ हजार एक सय ३४ पटकको कारोबारमा ४६ लाख ४० हजार आठ सय ४४ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल शेयर कारोबार रकम एक अर्ब ९३ करोड ५५ लाख २० हजार एक सय ४७ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये उत्पादनमूलक र लगानी समुहको सूचक बढेका छन् भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पयर्टन, अन्य, लघुवित्त र सामूहिक लगानी कोष सहितका ११ वटा समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज हिमालयन हाइड्रो पावर कम्पनी, मिर्मिरे माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, वीन लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य बढेका छन् भने हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, गुडविल फाइनान्स आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने क्रमशः नागरिक लगानी कोष, हिमालयन डिस्ट्रिलरी प्रालि, शिवम् सिमेन्ट आदिको बढी रकम कारोबार भएका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update