Kath khabar
कोभिडबाट थप ३ जनाको मृत्यु, चौबिस घन्टामा ८६८ जनामा कोरोना पुष्टि




           काठमाडौं, साउन २५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा आठ सय ६८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल छ हजार सात सय पाँच वटा नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार नौं सय ७७  पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप चार सय १४ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या पाँच हजार आठ सय ८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update