Kath khabar
१९ अंकले घट्यो नेप्से, सबै सूचक रातै



           काठमाडौं, साउन २६ । साताको पाँचौं कारोबार दिन आज बिहीबार पनि नेप्से घटेको छ । नेप्से आज १९ दशमलव छ अंकले घटेर दुई हजार ३७ दशमलव ८३ अंकमा सीमित भएको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव नौं अंकले घटेर तीन सय ९१ दशमलव ६६ अंकमा सीमित भएको छ । आज नेप्सेमा दुई सय २३ वटा कम्पनीहरूको ३६ हजार दुई सय ६४ पटकको कारोबारमा ६२ लाख ९८ हजार छ सय ३८ कित्ता शेयर किनबेच भएका छन । जसबाट आज कुल कारोबार रकम एक अर्ब ७६ करोड १० लाख २३ हजार ३९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये सामूहिक लगानी कोष समुहको सूचक बढेर बाँकी रहेको वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य र लगानी समुहहरूको सूचक पनि घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज हिमालयन हाइड्रो पावर कम्पनी, अपर हेवाखोला हाइड्रो पावर कम्पनी, सबैको लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य बढेका छन् भने युनिलिभर नेपाल लिमिटेड, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी, सानिमा लार्ज क्याप फन्ड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, हिमालयन डिस्ट्रिलरी प्रालि, हिमालयन हाइड्रो पावर कम्पनी आदि परेका छन् ।

 

 

प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update