२४ घन्टामा ८१५ जनामा कोरोना पुष्टि, थप पाँच जनाको मृत्यु
४७६ जना संक्रमणमुक्त
काठमाडौं, साउन २६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा आठ सय १५ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल चार हजार पाँच सय ३४ वटा नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार नौं सय ८२ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप चार सय ७६ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या पाँच हजार आठ सय ६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९ १६:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय