काठमाडौं, साउन २६ । नाडाका अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा आज बिहिबार बसेको नाडाको केन्द्रीय कार्य समितिको आठौँ बैठकले पहिलो पटक नाडा इभि एक्सपो २०२२ गने निर्णय गरेको छ । उक्त इभि एक्सपो मिति २०७९ असोज ६ गते देखि ९ गतेसम्म काठमाण्डौको भृकुटी मण्डप प्रदर्शनी हलमा हुन लागेको हो । सरकारले कार, जिप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भाद्र १४ गतेसम्मको लागि विस्तार गरे पछि नाडाले इभि एक्सपो २०२२ गर्ने निर्णय गरेको हो ।
नाडाले सन् १९९८ देखि नाडा अटो एक्सपो गर्दे आएको छ । मिति २०७९ भाद्र १ गते देखि ५ गतेसम्म स्टल बुकिङका लागि सूचना समेत प्रकाशित गरिने नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिनु भएको छ । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सम्बन्धित सबैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दे सबैबाट आवश्यक सहयोगको लागि आग्रह समेत गर्नु भएको छ ।