काठमाडौं, साउन २८। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले निहारिका राजपुतको उपचार भैरहेको अस्पतालमा पुगेर भेट गर्नु भएको छ । भेटपछि सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया व्यक्त गर्दै उहाँले भन्नुभएको छ -
"आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।"
न्यायको माग गर्दै काठमाडौंमा अनशन बसिरहेकी निहारिका राजपुतले हिजो शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासअगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गर्नुभएको थियो ।
राजपुत १७ वर्षकी नाबालिग हुँदा जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेपछि जन्मिएको बच्चाको डीएनए परीक्षणको माग गर्दै महिनौँदेखि आन्दोलन गर्दै आउनुभएको छ ।