काठमाडौं, साउन २९। नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से २७ दशमलव ९२ अंकले घटेर दुई हजार १० दशमलव एक अंकमा सीमित हुन पुगेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ७३ अंकले घटेर तीन सय ८६ दशमलव ९४ अंकमा सीमित हुन पुगेको छ । नेप्सेमा आज दुई सय २७ वटा कम्पनीहरूको ३८ हजार चार सय १८ पटकको कारोबारमा ४५ लाख ५९ हजार २२ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कुल कारोबार रकम एक अर्ब ८७ करोड ३२ लाख ८१ हजार आठ सय ९७ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन् । सो मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरूको सूचक घटेर नेप्से रातै देखिएको छ ।
कारोबार भएका कम्पनीहरू मध्ये आज अपरहेवा खोला हाइड्रो पावर कम्पनी, सिंगटी हाइड्रो पावर कम्पनी, मैलुङखोला जलविद्युत कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन डिस्ट्रिलरी प्रालि आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, स्वावलम्बन लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।