Kath Khabar
मोडल हन्ट नेपाल-२०२२ : विवेक र मोनिकाले जिते उपाधि



            काठमाडौं, साउन ३० । नुवाकोटकी १९ वर्षीया मोनिका अधिकारी र काठमाडौंका २० वर्षीय विवेक खड्गीले ‘जोय मोडल हन्ट नेपाल २०२२’ को शीर्ष उपाधि चुम्नु भएको छ । २६ प्रतियोगितालाई पछि पार्दै अधिकारी महिला र २४ प्रतियोगीलाई पछि पार्दै खड्गी पुरुष तर्फको विजेता बन्नुभएको हो  ।

शनिबार सिल्भर ओएक गैरिधारमा अबेर साँझ आयोजित प्रतिस्पर्धामा शीर्ष विजेता बन्नुभएका दुवैले उपाधिका साथमा नगद पाँच लाख बराबरको उपहारसहित आगामि १ देखि १५ सेप्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेशनलमा’ र ‘मिस्टर अटुरिजम वर्ल्ड’ मा क्रमस महिला र पुरुषले नेपालको प्रतिनिधित्व गर्नुहुने छ ।

नेपालकै सर्वाधिक चर्चित र स्तरीय मोडल उत्पादन गर्ने प्रतियोगिताको रुपमा स्थापित मोडल हन्ट नेपालको यो सातौं संस्करण हो । साजसज्जा सहितको भब्य मञ्चमा फेसनमय वातावरणसहित आयोजित प्रतियोगितामा सम्राट सिंह र मल्लिका फैजु फस्टरनर अप स्मृति श्रेष्ठ र सुरज गोयन्का सेकेन्ड रनर अप चुनिनुभयो ।
प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा वृहत् र स्तरिय मानिएको प्रतियोगिता यो पटक ‘जोय मोडल हन्ट नेपाल’ को रुपमा आयोजना भएको थियो । यो संस्करणसम्म आउँदा प्रतियोगिताको प्रस्तुतिकरण र आयोजनालाई झनै परिष्कृत र स्तरीय बनाउन आफू सफल भएकोमा आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले खुशी व्यक्त गर्नुभयो ।

युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर र नेतृत्वदायी क्षमताको विकास लगायत उद्देश्यले प्रतियोगिता नियमित आयोजना हुँदै आएको नेक्स्ट मोडलकी प्रबन्ध निर्देशक यतना पाण्डेले जानकारी दिनुभयो ।

प्रतियोगिताको निर्णायकमा नुतन श्रेष्ठ (मिष्टर नेपाल २०२२), नम्रता श्रेष्ठ (पुर्व मिस नेपाल २०२०), प्रशान्त ताम्राकार (फष्ट म्यानहन्ट इन्टरनेशनल १९९५), अभिमन्यु सिंह तमोर (अन्तराष्ट्रिय कोरियोग्राफर), राजभाई सुवाल (फोटोग्राफर) मदन रौनियार (जोय कस्मेटिक नेपालकमा चियर म्यान) रहनुभएको थियो ।

मोडलिङ क्षेत्रलाई व्यवसायिक, व्यवस्थित र विस्तारित गर्ने उद्देश्य समेत रहेको प्रतियोगितामा कृपा श्रेष्ठ र आदर्श श्रेष्ठ मोष्ट इस्टाइलिस, विवेक खड्गी र साइच्छा थापा वेष्ट पर्सनालिटी, सारा राई र कर्मा तोपग्ये वेष्टवाक, एन्जल राई र उगल लिम्बु मिष्टर एण्ड मिस मल्टिमिडिया, रुविन श्रेष्ठ र पल्पसा श्रेष्ठ पब्लिक च्वाइस, स्मृति श्रेष्ठ र सम्राट प्रताप सिंह मोष्ट फोटोजेनिक, मल्लिका फैजु र मौसम देवन राई बेष्ट फिजिक र फिगर, सरन एरिक विलियम्स र मोनिका अधिकारी कर्मसियल मोडल, सुर्य महर्जन र स्तुति श्रेष्ठ मष्ट पपुलर विजेता बन्नुभएको थियो ।  


 

प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update