काठमाडौं, साउन ३० । बृज सिमेन्ट इन्डष्ट्रिज प्रा.लि ले श्रावणको अन्तिम सोमबार सुन्दरीजल देखि पशुपतिनाथ सम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनहरूलाई निःशुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफूल जुस लगायतका सेवा प्रदान गरेको छ ।
लायन्स एण्ड लियो क्लब अफ काठमाडौं चाबहिल, बृज सिमेन्टको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको हो । बिभिन्न स्थानबाट आउने र पशुपति दर्शन गर्ने भक्तजनहरूलाई एक सय ५० जना बिभिन्न स्वयंमसेवकहरुद्धारा ८ स्थानमा सेवा प्रदान गरिएको छ । यसका साथसाथै पशुपतिनाथमा भक्तजनहरूलाई निःशुल्क स्वास्थ्य परिक्षण समेत गरिएको छ । स्वास्थ्य शिविर क्याम्पमा आँखा, दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचापको समेत परिक्षण गरिएको थियो । उक्त स्वास्थ्य शिविरका अनुसार करिब दुई हजार धर्मावलम्बीहरूले यस स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराएका थिए ।
श्रावणको सोमबार देशभर महादेवको बिभिन्न मन्दिरहरूमा पुजा अर्चना गरिन्छ र सोमबार विशेष रुपमा पशुपतिनाथ, डोलेश्वर महादेव, हलेसी लगायत देशभरका बिभिन्न स्थानमा पुजा अर्चना गरिन्छ । बृज सिमेन्टको यो कार्य आफ्नो कम्पनीको वार्षिक कार्यक्रम अन्तर्गत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको कम्पनीले जनाएको छ ।