Kath Khabar
नेप्सेमा ५५ अंंकको उच्च वृद्धि, सबै सूचक हरियो



             काठमाडौं, साउन ३० । नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार ५५ दशमलव ८८ अंकले बढेर दुई हजार ६५ दशमलव ८९ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ पनि ११ दशमलव २३ अंकले बढेर तीन सय ९८ दशमलव १३ अंकमा पुग्न सफल भएको छ । आज नेप्सेमा दुई सय १५ वटा कम्पनीहरुको ४२ हजार आठ सय ९७ पटकको कारोबारमा ६० लाख २६ हजार एक सय ९२ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल शेयर कारोबार रकम दुई अर्ब ४३ करोड २९ लाख ८४ हजार छ सय १२ रुपैंयाँ पुग्न सफल भएका छन् ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन् । सो मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरूको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज राधी जलविद्युत कम्पनी, मल्टिपर्पोज फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट आदिको शेयर मूल्य बढेका छन् भने रिडी पावर लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था, एनआईसी एशिया सुलभ फन्ड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन डिस्ट्रिलरी प्रालि आदि परेका छन् ।


 

प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update