काठमाडौं, साउन ३१ । नेप्से घटेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज मंगलबार २४ दशमलव ८३ अंकले घटेर दुई हजार ४१ दशमलव छ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ पनि तीन दशमलव ७५ अंकले घटेर तीन सय ९४ दशमलव ३९ अंकमा सीमित हुन पुगेको छ ।
आज नेप्सेमा दुई सय २१ वटा कम्पनीहरुको ४३ हजार तीन सय ९२ पटकको कारोबारमा ६४ लाख छ हजार सात सय ३८ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कुल कारोबार रकम दुई अर्ब ७३ अर्ब ४८ लाख ५३ हजार ५८ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुँदा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, जलविद्युत, लघुवित्त, होटल तथा पर्यटन, टे«डिङ, उत्पादनमूलक, अन्य, सामूहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज अपरहेवा खोला हाइड्रो पावर कम्पनी, महुली लघुवित्त वित्तीय संस्था, हिमालयन बैंक आदिको शेयर मूल्य बढेका छन् भने हिमालयन पावर पार्टनर लिमिटेड, सामलिङ पावर कम्पनी, पञ्चकन्यामाई हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य भने घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने रिडी हाइड्रो पावर कम्पनी, शिवम् सिमेन्ट, महालक्ष्मी विकास बैंक आदि परेका छन् ।