काठमाडौं, भदौ १ । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरूलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुविधा प्रदान गर्ने उद्देश्यले फोकसवान पेमेन्ट सोलुसन्सको मोको डिजिटल वालेटसँग भिसा डेबिट र क्रेडिट कार्डमा आधारित भुक्तानी सेवाको लागि सहकार्य गरेको छ ।
बैंकका ग्राहकवर्गहरुले मोको डिजिटल वालेटमार्फत नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमको सहकार्यमा आफ्नो डेबिट र क्रेडिट कार्ड सहज रुपमा लोड गरी मोबाइल टपअप, इन्टरनेट, विद्युत तथा खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नुहुनेछ । यसका अतिरिक्त, ग्राहकवर्गहरुले मोकोको एप मार्फत भिसा, युपिआई, अली पे, नेपाल पे, खल्ती, आईएमई पे, प्रभु पे, क्यु पे जस्ता विभिन्न क्यु आर स्क्यान गरी वस्तु तथा सेवा खरिद बापतको बिल भुक्तानी सजिलै गर्न सकिने छ ।
ग्राहकवर्गहरुले आफ्नो डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लोड गरे पश्चात् भौतिक कार्ड साथमा नभए पनि मोको एप मार्फत विद्युतीय भुक्तानी गर्न सकिने छ । यसले गर्दा ग्राहकवर्गहरुको विद्युतीय भुक्तानी सेवा अझ छिटो र सहज हुने विश्वास बैंकले लिएको छ ।