Kath Khabar
कलंकीमा रहेको खसी बजार हटाउन काठमाडौं महानगरको निर्देशन


                काठमाडौं, भदौ २ । काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै १५ दिनभित्र कलंकीमा रहेको खसी बजार हटाउन निर्देशन दिएको छ ।

बल्खु खोलामा जोडिएको करिब ७ रोपनी ८ आना जग्गामा खसी बजार सञ्चालन गरेका कारण नदी प्रदूषण भएको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर परेकोले स्थानीयको सामुहिक उजुरी परेकाले खसीबजार हटाउन लागिएको महानगरले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

अबको १५ भित्र व्यवसायीले खसी बजारको वैकल्पिक व्यवस्था गर्नुपर्ने महानगरको भनाइ छ । यदि त्यसो नभएमा महानगर आफैले कानुन अनुसार हटाउने सूचनामा उल्लेख गरिएको छ ।
 

 

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update