Kath khabar
नेप्सेमा पुरै हरियाली


          काठमाडौं, भदौ २ । नेप्सेमा पुरै हरियाली छाएको छ । अघिल्लो दिन घटेको नेप्से आज बिहिबार भने २७ दशमलव ५६ अंकले बढेर दुई हजार ६८ दशमलव २६ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि पाँच दशमलव ४१ अंकले बढेर चार सय दशमलव आठ अंकमा पुग्न सफल भएको छ ।

आज नेप्सेमा दुई सय २० वटा कम्पनीहरूको ४१ हजार पाँँच सय ७१ पटकको कारोबारमा ५१ लाख एक हजार दुई सय ९० कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब पाँच करोड ७९ लाख ८० हजार ५७ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, ट्रेडिङ, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरूको सूचक बढेर नेप्सेमा पुरै हरियाली छाएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज मन्दाकिनी हाइड्रो पावर लिमिटेड, अपर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनी, स्वेत गंगा हाइड्रो पावर कम्पनी आदिको शेयर मुल्य बढेका छन् भने एनआईबिएल प्रगति फन्ड, सर्पोट लघुवित्त वित्तीय संस्था, किसान लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् । यसैगरी आज रिडी हाइड्रो पावर कम्पनी, अपी पावर लिमिटेड, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था आदिको भने बढी रकम कारोबार भएका छन् ।

 

 

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update