काठमाडौं, भदौ २ । काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाका मेयरबीच चलेको दोहोरीको चर्चा आजको संसद बैठकमा पनि चलेको छ । नेकपा एमालेका सांसद कृष्णकुमार राईले दुई मेयरबीचको जुहारीको विषय संसदमा उठाउनुभएको हो ।
काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनमा प्रभावकारी काम नगरेको आरोप लगाउदै उहाँले भन्नुभएको छ, "चारबुँदे सहमतिपछि पनि फोहोर नउठ्ने परिस्थिति सिर्जना भएको छ यस विषयमा न महानगरले कुनै योजना प्रस्तुत गरेको देखिन्छ नत सरकारले नै । उहि पुरानै पाराबाट फोहोरलाई माटोले पुर्ने काम मात्र भएको छ । यो महानगरले उठाउनु पर्ने विषय हो कि सरकारले नै उठाउनु पर्ने हो यसमा जनता अन्योल भएको देखिन्छ, उहाँले भन्नुभएको छ ।
बुधबार सामाजिक सञ्जालमा साम्पाङले आफू काठ्माण्डौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ कमसे कम काम त शुरु गरे भन्दै स्टाटस लेखेका थिए । उनको पोष्टमा बालेनले ‘हो नि तपाईंकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि भनेर प्रतिक्रिया दिएका थिए ।