Kath khabar
विश्वकपका लागि आवश्यक पूर्वाधार बनाउने आप्रवासी श्रमिकविरुद्ध गम्भीर दुर्व्यवहार


              

          काठमाडौं, भदौ २ । पछिल्लो १० वर्षमा कतारमा  गर्मी र बासस्थान कारण कामदारका ज्यान गएका, चोटपटक लागेका र ज्याला नपाएका थुप्रै घटना छन् । जसको कारण श्रमिक र परिवारले ठूलो मानवीय क्षति व्यहोर्नुपरेको छ । विश्वकपका लागि आवश्यक पूर्वाधार बनाउने आप्रवासी श्रमिकविरुद्ध गम्भीर दुर्व्यवहार भएको भन्दै अन्तर्राष्ट्रिय संस्थाहरूले श्रमिकको जीवन बिमाको प्रबन्ध मिलाउन दवाव दिएको छ । तर, त्यसअघि नै ज्यान गुमाएकाहरूका परिवारको सुनुवाइ भएको छैन । 

ह्युमन राइट्स वाचका मध्यपूर्व उपनिर्देशक माइकल पेजले विश्वकप खेललाई सम्भव बनाउने क्रममा गम्भीर क्षति व्यहोरेका श्रमिक र उनीहरूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन फिफा र कतारले सार्वजनिक प्रतिबद्धता गर्नुपर्छ भनेका छन् । तर विश्वकप फुटबल सुरु हुन तीन महिना मात्र बाँकी हुँदा श्रमिकको अधिकार भने अनिश्चित छ ।

कामदारको पसिनामाथि खेलबाड गरेको भन्दै जर्मनी फुटबल खेलाडी फिलिप लाहमले विश्वकप बहिष्कार गर्ने
विश्वकप आयोजक राष्ट्र कतारले कामदारको पसिनामाथि खेलबाड गरेको भन्दै जर्मनका विश्वकप फुटबल च्याम्पियन खेलाडी फिलिप लाहमले नोभेम्बर-डिसेम्बरमा कतारमा हुन लागेको विश्वकप बहिष्कार गर्ने भएका छन् । उनले घरमै बसेर विश्वकप टेलिभिजनबाट हेर्ने बताएका छन् ।

सन् २०१७ मा लाहमले फुटबलबाट सन्न्यास लिएपछि जर्मनका केही मानवअधिकार संस्थानमा काम गरेका लाहमले विश्वकपमा मानवअधिकारको कुरा उठाएका हुन् । विश्वकपको तयारीका क्रममा अहिलेसम्म कतारमा ६५ सय कामदारको निधन भएको छ । आयोजकले ती निधन भएका कामदारहरुका बारेमा कुनै पनि सम्बोधन नगरेको भन्दैे उनले मानवअधिकार हनन गरेको बताएका छन् ।

 

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update