लण्डन, जेठ १२ । ब्रिटेनमा गरिएको एक नयाँ अनुसन्धानले कोरोना भाइरसबाट संक्रमित भएको मानिसलाई तालिम प्राप्त कुकुरले पत्ता लगाउन सक्ने दाबी गरिएको छ ।
संक्रमित मानिसको शरीरबाट एक अलग गन्ध आउने भएको हुँदा तालिम प्राप्त कुकुरले सुँघेर सजिलै पत्ता लगाउन सक्ने अनुसन्धानकर्ताको निस्कर्ष छ । लंडन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिन ले यो अनुसन्धान चैरेटी मेडिसिन डिटेक्सन र टरहम विस्वविद्यालय सित मिलेर गरेको हो ।
यो अनुसन्धान कुकरलाई विशेष तालिम दिएर उसको गन्ध विश्लेषण गर्न सक्ने प्राकृतिक शक्ति तथा तरीकालाई बैज्ञानिक विधिद्धारा अध्यन गरी पूर्ण अनुसन्धानबाट मात्र यस्तो दाबी गरिएको खोजकर्ता संस्थाको भनाई छ ।
अनुसन्धान कर्ताले विशेष तालिमप्राप्त कुकुरले ९४.३ प्रतिशत संवेदनशिलता तथा ९२ प्रतिशत सटिकताका साथ संक्रमित मानिस पत्ता लगाएको छ । गएको हप्ता प्रकाशन गरीएको अनसन्धान पत्रमा कुकुरले लक्षण नदेखिएका संक्रमितको समेत पहिचान गर्नसक्ने निष्कर्ष निकालिएको छ ।
यो अनुसन्धानले कुकुरले संक्रमित स्तर पनि आकलन गर्न सक्ने दावी गरेको छ । एल एस एच टी एम का रोग नियन्त्रण विभागका प्रमुख प्रोफेसर जेम्स लोगनका अनुसार नयाँ भाइरस प्रवेश भएका देशका लागि यस प्रकारका कुकुरले विशेष भुमीका निभाउन सक्दछन् ।
जेम्स लोगनले यो अनुसन्धानको अध्यन अझ गहिरिएर तथा फेरी दोहोराएर गर्नुपर्ने बताउनु भएको छ । थप खोज गर्दा परिणाम जे आएपनि प्रारम्भीक अनुसन्धानको नतिजा उत्साहपूर्वक भएको लोगनको दावी छ । यो तरीका ठुला तथा ब्यस्त बस्तीमा बस्ने मानिसमा संक्रमण पत्ता लगाउन उपयोगी हुने उहाँको भनाइ छ ।
यस अनुसन्धानका लागि मेडिकल डिटेक्सन डग्सको टिमले कुकुरलाई कोभिड-१९ को पहिचान गर्न प्रशिक्षण दिएका थिए । यो तालिममा विभीन्न मानिसका शरीरका गन्धलाई उपयोग गरिएको थियो । यो अनुसुन्धानमा लंडनको राष्ट्रिय स्वास्थ्य विभागले मास्क, मोजा र टिसर्टको माध्यमबाट नमुना जम्मा गरेको थियो । यो खोजमा ३ हजार ७ सय ५८ नमुना जम्मा गरी ३ सय २५ संक्रमित तथा ६ सय ७५ संक्रमणमुक्त नमुनाको परिक्षण गरीएको थियो ।