Kath khabar
रियल मड्रिडको घरेलु टिम सेल्टा विरुद्ध शानदार जित

              काठमाडौं, भदौ ५ ।  शनिबार राति सेल्टा भिगोको मैदानमा सम्पन्न स्पेनको शीर्ष डिभिजनको फुटबल ला लिगामा रियल मड्रिडले घरेलु टिम विरुद्ध शानदार जित निकालेको छ।

पहिलो हाफमै २ गोल गरेको रियलले दोस्रो हाफमा थप २ गोल गर्दै सानदार जित निकालेको हो। खेलको अन्तिममा इडेन हजार्डले पेनाल्टीमा गोल गर्न नसके पनि रियलले ४-१ को जित निकालेको हो।

खेलको १४औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै रियलले सुरुआति गोल गरेको थियो। तर २३औं मिनेटमै पेनाल्टीको साहयोगमा सेल्टाका लागो असपसले खेललाई १-१ को बराबरी गरेका थिए। तर रियलका मिडफिल्डर लुका मोड्रिचले पहिलो हाफको ४१औं मिनेटमा गोल गरेर पहिलो हाफम्र अग्रता बनाए।

खेलमा भिनिसियस  जुनियरले ५६औं मिनेटमा र फेडेरिको भालभर्डेले ६६औं मिनेटमा गोल गरेपछि रियलले सानदार जित निकालेको हो। खेलमा भालभर्डेका लागि भिनीसियसले पास दिलाएका थिए भने भिनिको गोलका लागि मोड्रिचले पास दिए। शनिबार रातिकै खेलमा मायोर्काले घरेलु मैदानमा रियल बेटिससँग हार बेहोरेको छ भने पाहुना टिम कार्डिजले ओसासुनासँग जित निकाल्न सकेन र २-० को हार बेहोर्‍यो।

यता ८८औं मिनेटमा १० खेलाडीमा समेटिएका सेभिया र भालाडोलिड भने १-१ को बराबरीमा रोकिएका छन्। शनिबार रातिको खेलसँगै रियल मड्रिड शीर्षस्थानमा छ भने रियल बेटिस दोस्रो स्थानमा छ। त्यस्तै समान ६ अंक बनाएको ओसासुना तालिकाको तेस्रो स्थानमा छ। सेभिया र भालाडोलीडको समान १-१ अंक हुँदा कार्डिज भने अंकविहिन छ।

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update