Kath khabar
भवन निर्माण गर्दा वास्तुपुरुषको विशेषतालाई ध्यान नदिई बनाइएमा दिन्छ अशुभफल
राशिअनुसार सही दिशामा बस्न सकिने राशिचक्र


          काठमाडौं, भदौ ५ । ब्रह्मादेवताद्धारा प्रस्फुटित नामाकरण वास्तुपुरुषको मुख्य ३ वटा विशेषताहरू छन् । ती हुन् चर वास्तु, स्थिर वास्तु र नित्य वास्तु । वास्तुपुरुषका विशेषताहरूको छोटकरीमा व्याख्या तल गरिएको छ ।

१. चर वास्तु
घर वा भवन निर्माण कार्यको प्रारम्भ शिलान्यास र मुख्यद्वारको स्थापना त्यो ठाउँमा हुनुपर्दछ जुन ठाउँ वास्तुपुरुषको दृष्टि रहेको हुन्छ । जसले गर्दा त्यस घरमा बस्ने मानिसहरू सरल र आरामसाथ बस्न सकोस् , सुस्वास्थ्य दीर्घायु होस् र शान्ति तथा सम्पन्नता प्राप्त होस् वास्तुपुरुषको दृष्टि हरेक महीनामा फरक फरक हुन्छ ।
      (क) मंसिर, पुष र माघ महिना पश्चिमतर्फ दृष्टि
      (ख) फागुन, चैत्र र वैशाख महिना उत्तरतर्फ दृष्टि
      (ग) जेठ, असार र साउन महिना पूर्वतर्फ दृष्टि  
      (घ) भदौ, असोज र कार्तिक महिना दक्षिणतर्फ दृष्टि

२. स्थिर वास्तु  
वास्तुपुरुषको टाउको सधैं उत्तर-पूर्वतर्फ हुन्छ। दक्षिण-पश्चिमतर्फ खुट्टा, उत्तर-पश्चिमतर्फ वाँया हात र दक्षिण-पूर्वतर्फ दाँया हात पर्दछ । घर वा भवन निर्माण गर्दा ढोका, झ्यालहरूको ठाउँ निश्चित गर्दा भुँई र छतको सतह मिलाउदा वास्तुपुरुषको स्वरूप अनुसार ध्यान राख्नु आवश्यक छ ।

३. नित्य वास्तु
हरेक दिन वास्तुपुरुषको दृष्टिमा समय फरक फरक हुन्छ । प्रत्येक दिनको पहिलो ३ घण्टा सम्म बिहानको समयमा वास्तुपुरुषको दृष्टि पूर्वतर्फ त्यसपछिको ३ घण्टाको समय दक्षिणतर्फ, त्यसपछिको ३ घण्टाको समय पश्चिमतर्फ र अन्तिम ३ घण्टाको समय उत्तरतर्फ रहनेछ । घर तथा भवनसँग सम्बन्धित नित्य वास्तु प्राप्तको लागि यसै दिशा अनुसार हुनुपर्छ ।

घर वा भवन निर्माण गर्दा वास्तुपरुषको पूजा ३ किसिममा गर्नुपर्दछ
(क) शिलान्यास गर्दा        (ख) मूलढोका राख्दा          (ग) घरपैँचो गर्दा
वास्तुशास्त्रमा उल्लेख भएअनुसार घर वा भवनको मूलढोका वास्तुपुरुषको दृष्टि भएतर्फ हुनुपर्छ । मूलढोकामा वास्तुपुरुषको दृष्टि ठीक अगाडि भएको बेलामा घरमा प्रवेश गर्नु अति राम्रो हुन्छ ।

शुभ महिना : घर तथा भवनको जग खन्ने काम र घरको मूलढोका राख्ने कामको लागि वैशाख महिनाको शुक्ल पक्ष श्रावण, मंसिर पुष, र फागुन महिना शुभ मानिन्छन्। अरु महिना अशुभ मानिनेछ । 

शुभ दिन  : घर तथा भवन निर्माणको लागि सोमबार, बुधवार, बिहीबार, शुक्रबार शुभ दिन मानिन्छ । तर यी बारहरू विशेष महिनाका शुक्ल पक्षका दिन हुनुपर्छ ।

व्यक्तिको राशिअनुसार मूलढोकाको स्थिति :
(क)  मेष, सिंह र धनु = पूर्वतर्फ
(ख)  वृष, कन्या र मकर = दक्षिणतर्फ
(ग)  मिथुन, तुला र कुम्भ = पश्चिमतर्फ
(घ)  कर्कट, वृश्चिक र मीन = उत्तरतर्फ

यदि व्यक्तिको राशि अनुसार निर्देशित गरिएको दिशामा मूलढोका राख्न सकिएन भने मिलेसम्म त्यस व्यक्तिको राशिअनुसार झ्याल राख्नुपर्दछ । सामान्यतया घरको वा भवनको मूलढोका पूर्व र उत्तर दिशामा राख्नु अति उत्तम हुन्छ । साथै  पश्चिम दिशामा पनि राम्रै हुन्छ । तर दक्षिण दिशामा राख्नु अशुभ मानिन्छ । घर वा भवन निर्माण सुरु गर्ने महिनाको शुभ फल वा अशुभ फल दिने हुन्छ । विशेष गरी प्राचीन धर्मशास्त्रमा उल्लेख भएअनुसार घर निर्माण गर्दा महिनाको शाब्दिक अर्थ यस प्रकार रहेको छ -
(१) चैत्र महिनामा घर बनाए - धनको हानि र भय हुन्छ ।
(२) वैशाख महिनामा घर बनाए - राम्रो हुन्छ ।
(३) जेष्ट महिनामा घर बनाए - मृत्युको डर हुन्छ ।
(४) असार महिनामा घर बनाए - पशु हानि हुन्छ ।
(५) साउन महिनामा घर बनाए - परिवारको कल्याण राम्रो हुन्छ ।
(६) भदौ महिनामा घर बनाए - रोग, कष्ट, भय हुन्छ ।
(७) असोज महिनामा घर बनाए - लडाई झगडाको डर हुन्छ ।
(८) कार्तिक महिनामा घर बनाए - धन प्राप्ति हुन्छ ।
(९) मंसिर महिनामा घर बनाए - धेरै भय हुन्छ ।
(१०) पुस महिनामा घर बनाए - आगोको डर र कष्ट हुन्छ ।
(११) माघ महिनामा घर बनाए - सबैको लागि राम्रो हुन्छ ।
(१२) फागुन महिनामा घर बनाए - धन सम्पन्नता र लाभ हुन्छ ।       

घर वा भवन निर्माण गर्ने सातवटा बारहरूको निर्माणअनुसार सुरु गर्दा शुभ र अशुभ फल दिनेछ -
(१)  आइतबार - आगोको भय
(२)  सोमबार - (शुक्ल पक्ष) सुख तथा सबै प्रकारको सम्पन्नता (औंसी देखि पूर्णिमासम्म)
(३)  सोमबार - (कृष्ण पक्ष)  कुनै पनि कार्य सुरु गर्नु हुदैन (पूर्णिमा देखि औंसीसम्म)
(४)  मगलबार - नराम्रो प्रभाव, आगो र मृत्युको डर
(५)  बुधबार - धन, सुख, आगो र मृत्युको डर
(६)  बिहीबार - दिर्घ आयु , सुख, सन्तान र यशको प्राप्ति
(७)  शुक्रबार - मानसिक सुख र शान्ति सद्कार्य राम्रो
८) शानिश्चरबार - घरको आयु लामो हुन्छ तापनि दुःख, कष्ट र चिन्ता बढ्नेछ ।

अतः घर वा भवन निर्माण कार्य गर्दा वास्तुपुरुषको विशेषतालाई ध्यान दिएर बनाएमा कल्याण हुनेछ । अन्यथा हतारमा सोचविचार नगरी भवन निर्माण कार्य गरेमा र अरुलाई देखाउनको लागि मात्र नमिलाई चिटिक्क पारेर देखावटी भएमा ठूलो धनराशि नष्ट हुने र अशुभफल दिने हुन्छन् ।

राशिअनुसार उपयुक्त दिशामा बस्न सकिने राशिचक्र  
नेपालको हरेक शहरमा भएको र पाइएको घडेरीहरू राशिअनुसार ठ्याक्कै मिलेको नपाइन सक्छ । तर त्यसबाट निराश हुनुपर्ने छैन । नेपालको जुन शहर भएपनि घडेरी शहरको कुन दिशामा परेको छ, त्यो राशिचक्रको सिद्धान्तअनुसार मिलाउन सकिन्छ ।

डा./ई. दुर्गा बहादुर श्रेष्ठ


   

 

 

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update