Kath khabar
भदौ ५ देखि भृकुटीमण्डपमा ‘दसैं जुत्ता चप्पल व्यापार मेला’

               काठमाडौं, भदौ ५ ।  नेपाल फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालको आयोजनामा ‘दसैं जुत्ता चप्पल व्यापार मेला’ आयोजना हुने भएको छ । भदौ ५ गतेदेखि २० गतेसम्म मेला सञ्चालन हुने एसोसिएसनका उपाध्यक्ष एवं मेला संयोजक सुरज बञ्जाडेले जानकारी दिए ।

मेलामा नेपालका चर्चित ब्राण्डका कम्पनीहरु सहभागी हुने बताइएको छ । भृकुटी मण्डपको ठूलो चौरमा हुने मेलामा ३० वटा स्टल रहनेछन् । चाडपर्वलाई लक्षित गरी मेला आयोजना गरिएको एसोसिएसनले जनाएको छ ।

मेलामा जुत्ता चप्पल खरिद गर्दा १५ देखि ५० प्रतिशतसम्म छुट प्रदान हुनेछ । ‘मेलामा ५ लाख भन्दा बढी ग्राहकको अपेक्षा गरेका छौं,’ संयोजक बञ्जाडेले भने, ‘चाड पर्व नजिकिने क्रममा आयोजित मेलाबाट धेरै भन्दा धेरै ग्राहकले प्रत्यक्ष लाभ लिनुहुनेछ ।’

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update