
काठमाडौं, भदौ ५ । नेप्से साताको पहिलो कारोबार दिन आइतबार नैं घटेको छ । नेप्से आज सात दशमलव ७२ अंकले घटेर दुई हजार ६० दशमलव ५५ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ पनि एक दशमलव ४९ अंकले घटेर तीन सय ९८ दशमलव ५८ अंकमा सीमित हुन पुगेको छ ।
आज नेप्सेमा दुई सय १८ वटा कम्पनीहरूको ४३ हजार चार सय ५५ पटकको कारोबारमा ५३ लाख ३९ हजार चार कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल शेयर कारोबार रकम दुई अर्ब चार करोड ७० लाख ९३ हजार छ सय ८९ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएका छन् । जसमध्ये वाणिज्य बैंक, निर्जीवन बीमा, होटल तथा पर्यटन र उत्पादनमूलक समुहको सूचक बढेका छन् भने विकास बैंक, जलविद्युत, फाइनान्स, जीवन बीमा, ट्रेडिङ, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका नौं वटा समुहहरूको सूचक घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरूको सुचीमा, माउन्टेन हाइड्रो पावर लिमिटेड, अपर हेवाखोला हाइड्रो पावर लिमिटेड, स्वेत गंगा हाइड्रो पावर लिमिटेड आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा रिभर फल्स पावर लिमिटेड, हिमालयन हाइड्रो पावर लिमिटेड, रिडी हाइड्रो पावर लिमिटेड, तारागाउँ रिजेन्सी होटल आदि परेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने रिडी हाइड्रो पावर कम्पनी, राधी हाइड्रो पावर कम्पनी, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।