काठमाडौं, भदौ ६ । काठमाडौं महानगरपालिकाले नगर प्रहरीका विवादित प्रमुख (एसपी) धनपति सापकोटालाई हटाएर राजु पाण्डेलाई जिम्मेवारी दिएको छ ।
काठमाडौं महानगरपालिकामा ५ जना नगरप्रहरी उपरीक्षक(एसपी) छन् । जसमध्ये पाण्डेलाई प्रमुखको जिम्मेवारी प्रदान गरिएको मेयर बालेनको सचिवालयले जानकारी दिएको छ ।
‘म यसअघि पनि नगर प्रहरीकै काम गरिरहेको हो । थोरै जिम्मेवारी हेरफेर भएको मात्रै हो । पाएको जिम्मेवारी इमान्दारिताको साथ पुरा गर्छु,’।नगरप्रहरी प्रमुख पाण्डेले आफूलाई दिएको जिम्मेवारी कर्तव्यनिष्ठ भएर पालाना गर्ने बताएका छन् । यसअघि नगर प्रहरी प्रमुख रहेका सापकोटालाई मेयर शाहले प्रशासनतर्फ खटाएका छन् ।
लामो समयदेखि धनपति सापकोटा काठमाडौं महानगरको प्रहरी प्रमुख थिए । उनले धेरै व्यक्तिलाई दुःख दिएर हैरान बनाएका थिए । मेयर शाहले सापकोटालाई नगर प्रहरीको प्रमुखबाट हटाएर ठूलो राहतको काम गरेका छन् ।