स्पेन, भदौ ६ । स्पेनिस ला लिगमा बार्सिलोनाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई सानदार जित दिलाउनको लागि रोवर्ट लेवान्डोस्कीको २ गोल गरे भने औसमाने डेम्वेले र अन्सु फातीले समान १-१ गोल गरे । सोसाडाडको एलेक्सान्डर इसाकले १ गोल फर्काए ।
खेलको पहिलो मिनेटमा नै लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले एलेक्स बाल्डेको पासमा गोल गरेका थिए । छैटौं मिनेटमा एलेक्सान्डर इसाकले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।
६६औं मिनेटमा औसमाने डेम्वेले गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए । उनले फातिको पासमा गोल गरेका थिए । ६८औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई ३-१ ले अघि बढाए । उनले फातीको पासमा गोल गरेका थिए । ७९औं मिनेटमा फातिले गोल गर्दै बार्सिलोनालाई सानदार जित दिलाए ।
यो जितसँगै बार्सिलोना २ खेलबाट ४ अंक जोडेर ४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । हार बेहोरेको सोसिडाड ३ अंक जोडेर १०औं स्थानमा रहेको छ ।