Kath khabar
सात अंकले घट्यो नेप्से, लगभग सबै सूचकहरू रातै


         काठमाडौं, भदौ ६। नेप्से पुन घटेको छ । अघिल्लो दिन घटेको नेप्से आज सोमबार पनि सात दशमलव ३८ अंकले घटेर दुई हजार ५३ दशमलव १६ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४७ अंकले घटेर तीन सय ९७ दशमलव ११ अंकमा सीमित हुन पुगेको छ । नेप्सेमा आज दुई सय २२ वटा कम्पनीहरुको ३१ हजार सात सय ९५ पटकको कारोबारमा ५२ लाख ३० हजार सात सय ६३ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल शेयर कारोबार रकम एक अर्ब ७२ करोड ६२ लाख ८७ हजार चार सय ३० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन् । ति मध्ये सामूहिक लगानी कोष समूहको सूचक झिनो अंकले बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, जलविद्युत, लघुवित्त, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य र लगानी सहितका १२ वटा समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज अपरहेवा खोला हाइड्रो पावर कम्पनी, मन्दाकिनी हाइड्रो पावर लिमिटेड, सप्तकोसी डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य बढेका छन् भने एनआईबिएल समृद्धि फण्ड २, दोर्दी खोला हाइड्रो पावर कम्पनी, स्वेत गंगा हाइड्रो पावर लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने हिमाल दोलखा हाइड्रो पावर कम्पनी, प्राइम कमर्सियल बैंक, अपि पावर लिमिटेड, शिवम् सिमेन्ट आदि परेका छन् ।


 

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update