घट्यो सुन र चाँदीको मूल्य
काठमाडौं, भदौ ७ । आज साताको तेस्रो दिन आज मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला रु. ९५ हजार ३ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार रु. ३ सयले घटेर रु. ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोलामा रु. ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि मंगलबार ५ रुपैयाँले घटेर रु. १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९ ११:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय