काठमाडौं, जेठ १३ । कोरोना भाइरसको संक्रमणको महामारीबाट बच्न लगाइएको लामो निषेधाज्ञाले मानिसहरु घरमा कैद हुन बाध्य छन् । निषेधाज्ञाका कारण अफिस, मन्दिर, पार्क, सिनेमा हल र बजार जस्ता ठाँउ बन्द छन् भने सार्वजनिक यातायात तथा ब्यक्तिगत घुमफिरलाई समेत प्रशासनले रोक लगाउँदा मानिसहरुमा समस्या देखिन थालेको छ ।
बाहिर काम गर्न जाँदा होस या रमाइलो तथा भेटघाटमा रमाउने मानिस घरमा सिमित हुँदा उसको मानसिक अवस्थामा असर परेको छ । एकठाँउमा बसीरहँदा मानिसका भावनाहरु बहकिन थालेका छन् । सानोे कुरामा पनि मानिसको अनावश्यक चासो देखिदा मानिसको मुड विग्रन सक्छ । घर बस्दा श्रीमान श्रीमती बिच स-साना विषयमा झगडा हुँदा पारिवारीक अवस्था विग्रन सक्ने विज्ञहरुको भनाइ छ ।
चिडचिडावट, झनक्क रिसाउने, निरास हुने, नकरात्मक भावना मात्र आउने समस्या आम रुपमा देखिन थालेको छ । स्वास्थ्य विशेषज्ञहस्ले मानिसलाई महामारीमा धैर्य गर्न, मनोचिकीत्सकलाई भेट्न तथा घरमै पनि सामान्य ब्यायम गर्न तथा खानपानमा विचार गर्न सुझाव दिइरहेका छन् ।
विज्ञका अनुसार निम्न खाद्य पदार्थ खाँदा मानिसको मानसिक अवस्था सुधार्न सकिन्छ ।
१. ड्राइफ्रुट्स : यदि मानिसलाई पट्यार लागिरहेको छ भने उसले आफ्नो मुड फ्रेस गर्न ओखर, किसमिस, काजु, बदाम जस्ता ड्राइफ्रुट्स सेवन गर्न सक्छ । प्रशस्त पोषक तत्व भएका यस्ता खानेकुरामा ओमेगा-३, फाइबर, प्रोटिन तथा हेल्दी फ्याट पाइन्छ जसले मानिसको पेट भर्नुका साथै मस्तीष्कलाई चंगा बनाइदिन्छ ।
२. चकलेट : बच्चादेखि बयस्कसम्म सबैको प्रिय खानेकुराले मानिसको विग्रीएको मुड तुरुन्त सुधार गर्दछ । चकलेटमा गरिएका अनुसन्धानले यसमा मानिसको मुड फ्रेस गर्न सक्ने शक्ति भएको प्रमाणित गरेका छन् । मुड बिग्रीए आफुले लिर्दै अरुलाई चकलेट सेयर गर्दा सबैको मुड ठिक हुन्छ ।
३. अण्डा : स्वाद र पोषक तत्वको खानी अण्डा प्रोटिन प्रशस्त पाइने खाद्यपदार्थ हो । भिटामिन डी तथा भिटामिन वि १ तथा बि २ ले भरीपूर्ण अण्डा खाँदा मानिसमा आलस्य हट्छ । कोलीन तत्व पाइने अण्डा खाँदा मानिसको शरीर मजबुत हन्छ ।
४. एभोकाडोे : भिटामिन बि ६, भिटामिन बि ५, फाइबर तथा भिटामिन सि पाइने फल एभोकाडोे खादा पनि मानिसमा स्फुर्ति आउँछ । एभोकाडोेमा पाइने भिटामिनले न्युरोटान्समिटरलाई सिंथेसाइज्ड गर्छ तथा इडरनेल ग्लैड्सको सपोर्ट गर्दछ जसले गर्दा मानिसमा ताजकीपन आउँछ ।
५. भेडे खुर्सानी : देख्दा तथा खाँदा स्वादिलो भेडे खुर्सानी लोकप्रिय तरकारी हो । स्वादिलोे यो तरकारीमा भिटामिन सि तथा एन्टीअक्सीडेंट प्रशस्त पाइन्छ जुन तत्वले मानिसको तनाब कम गर्दछ ।