Kath khabar
नेप्सेमा सामान्य अंकले सुधार, गुमाउने भन्दा कमाउने समुह धेरै


          काठमाडौं, भदौ ७ । अघिल्लो दिन घटेको नेप्से आज मंगलबार भने सामान्य अंकले सुधार आएको छ । आज नेप्से एक दशमलव ८५ अंकले बढेर दुई हजार ५४ दशमलव ९८ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ पनि शून्य दशमलव ५८ अंकले बढेर तीन सय ९७ दशमलव ६९ अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज दुई दुई सय २२ वटा कम्पनीहरूको २७ हजार दुई सय दुई पटकको कारोबारमा ४० लाख ३१ हजार २५ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल शेयर कारोबार रकम एक अर्ब ३३ करोड ३५ लाख ६० हजार आठ सय ५७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये वाणिज्य बैंक, जलविद्युत, जीवन बीमा, ट्रेडिङ, उत्पादनमूलक, अन्य र लगानी सहितका सात वटा समुहहरूको सूचक बढेका छन् भने विकास बैंक,  फाइनान्स, निर्जीवन बीमा, होटल तथा पर्यटन, लघुवित्त र सामूहिक लगानी कोष सहितका छ वटा समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज रुरु हाइड्रो पावर लिमिटेड, मन्दाकिनी हाइड्रो पावर कम्पनी, अपरहेवा खोला हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने सिद्धार्थ इक्विटी फन्ड, लक्ष्मी इक्विटी फन्ड, सिद्धार्थ इक्विटी फन्ड आदिको शेयर मूल्य घटेका छन । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने हिमाल दोलखा हाइड्रो पावर कम्पनी, रिडी हाइड्रो पावर कम्पनी, प्राइम कमर्सियल बैंक आदि परेका छन् ।


 

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update