काठमाडौं, भदौ ७ । नबिल बैंकले ‘नबिल ढुक्क मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार आकर्षक ब्याजदरसहित ‘नबिल ढुक्क मुद्दती खाता’ बजारमा ल्याइएको हो ।
यस खाता अन्तर्गत ग्राहकले मुद्दतीमा जम्मा गरेको रकम तोकिएको समय पश्चात् दोब्बरदेखि दश गुणासम्म रकम प्राप्त गर्न सक्नेछन् । यो मुद्दती योजना नेपालमा आर्जित तथा विप्रेषण मार्फत नेपालमा प्राप्त रकममा खोल्न सकिने बैंकले बताएको छ ।
नेपालमा आर्जित रकममा खोलिने यस खातामा पाँच वर्ष तीन महिना २३ दिनमा दुई गुणा, १४ वर्ष सात महिना २८ दिनमा पाँच गुणा तथा २० वर्ष ११ महिना २० दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ । त्यसैगरी, विप्रेषण अन्तर्गत खोलिने ढुक्क मुद्दती खातामा पाँच वर्ष नौ महिना १५ दिनमा दुई गुणा, १३ वर्ष पाँच महिना ११ दिनमा पाँच गुणा तथा १९ वर्ष दुई महिना २५ दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ ।
यस खाता अन्तर्गत ग्राहकले तीन लाखसम्मको क्रेडिट कार्ड सुविधा पनि पाउन सक्ने बैंकले जनाएको छ ।