Kath Khabar
मिस नेसन नेपाल २०२२ को फिनाले हुँदै, बिजेतालाई एक लाख नगद पुरस्कार


          काठमाडौं, भदौ ८। आई डु इभेन्टसको आयोजनामा भइरहेको मिस नेसन नेपाल २०२२ प्रतियोगिताको फिनाले यही शुक्रबार हुन लागेको छ। प्रतियोगितामा सहभागीहरूलाई शृंगार, नृत्य, व्यक्तित्व विकास, भाषण कला, आत्मरक्षा, जुम्बा, योगा, फिट्नेश र अभिनयका कक्षाहरु प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको बिभिन्न चरण पार गर्दै र तालिमहरू प्राप्त गरि मिस नेसन नेपाल २०२२ को फिनालेमा पुगेका प्रतिस्पर्धीहरूले यही भाद्र १० गते थापाथली स्थित ब्लुबर्ड मलमा आफ्नो अन्तिम प्रस्तुती दिने आयोजक ललिता सापकोटाले बताइन् ।

विजेताले मिस नेसन नेपाल २०२२ को ताज साथै नगद रु. १ लाख, विभिन्न फेशन शो र रनवेमा सहभागिता, म्युजिक भिडियो, पत्रपत्रिका/म्यागजिनमा फिचर, विज्ञापन आदीमा अवसर प्राप्त गर्नेछन् । आयोजकका अनुसार प्रतियोगितामा विभिन्न फेसन डिजाइनरहरूले तयार पारेको पहिरनहरुमा सहभागीहरु स्टेजमा उत्रिनेछन् ।

मिस नेसन नेपाल २०२२ का निर्णायक मण्डलको रुपमा ध्रुव बुढाथोकी (म्यानहन्ट इन्टरनेशनल २०१७), सन्ध्या शर्मा (मिस नेपाल इन्टरनेशनल २०२२) र सुमित राणा (काष्ठमाण्डप टेलिभिजन सञ्चालक) रहने आयोजकले जनाएको छ । प्रतिस्पर्धीहरूलाई कोरियोग्राफर सुजित बस्यालले तालिम दिएको आयोजकले जनाएको छ  ।
 

 

 

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update