Kath khabar
युरोप खडेरीको चपेटामा

              काठमाडौं, भदौ ८ ।  युरोपका दुई तिहाई भाग खडेरीको चपेटामा पर्ने प्रक्षेपण गरिएको छ । विश्वब्यापी खडेरी वेधशालाले सार्वजनिक गरेको रिपोर्टमा युरोपेली महादेशले पछिल्लो ५०० वर्षकै खराब खडेरी र मौसमी समस्याहरुको सामना गरिरहेको हो । खडेरीका कारण बालीनाली उत्पादनमा असर गर्ने र डढेलो समते लाग्ने रिपोर्टमा उल्लेख गरिएको छ ।

विगत ५०० वर्षको औसत तुलनामा हालका वर्षहरुमा बालीनाली उत्पादनमा १६ प्रतिशतले ह्रास आएको भन्दै यो दर बढ्ने क्रममा रहेको बताईएको छ । युरोपमा अस्वाभाविक रुपमा बढेको गर्मी र पानीको अभावले खडेरी बढाएको हो । युरोपमा अधिकांश नदीहरु सुक्ने क्रममा रहेको भन्दै जलविद्युत उर्जामा २० प्रतिशतले गिरावट आएको पनि रिपोर्टमा भनिएको छ ।

खडेरीको चपेटामा पर्ने राष्ट्रहरुमा इटली, फ्रान्स, पोर्चुगल, स्पेन, जर्मनी, नेदरल्याण्डस्, बेल्जियम, लग्जेम्बर्ग, रोमानिया, हंगेरी, उत्तरी सर्बिया, युक्रेन, मोल्डोभा, आयरल्याण्ड र बेलायत रहेका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update