काठमाडौं, भदौ ८ । धौलागिरी लघुवित्त वित्तीय संस्थाको साधारण शेयरको बाँडफाँड कार्य सम्पन्न भएको छ । सनराइज क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित उक्त संस्थाको प्रति शेयर अंकित मुल्य एक सय रुपैयाँ रहेको तीन लाख १० हजार कित्ता साधारण शेयर मध्ये कर्मचारी तथा सामूहिक लगानीकोषलाई वितरण पश्चात बाँकी भएको तीन लाख नौं हजार दुई सय ९५ कित्ता शेयर बाँडफाँड भएको छ ।
संस्थाको २०७९ साउन २४ गते देखि २०७९ साउन २९ गतेसम्म सर्वसाधारणहरूको लागि निष्कासन तथा बिक्री खुल्ला गरिएकोमा १८ लाख ६५ हजार नौं सय २६ दरखास्तबाट कुल दुई करोड चार लाख ७५ हजार नौं सय ८० कित्ता शेयरको लागि आवेदन परेको थियो । उक्त निष्कासनमा आवेदन दिने १८ लाख ६५ हजार नौं सय २६ जना आवेदकहरू मध्ये रिट नपुगेका १२ हजार ८६ जना आवेदकहरूलाई बाँडफाँडमा समावेश नगरी बाँकी१८ लाख ६४ हजार छ सय ४० जना आवेदकहरूलाई एउटै समुहमा राखी ३० हजार नौं सय २९ जनालाई १० कित्ताका दरले गोलाप्रथा विधिबाट तीन लाख नौं हजार दुई सय ९० कित्ता बाँडफाँड गरी बाँकीरहेको ५ कित्ता शेयरको लागि बाँडफाँडमा परेका आवेदकहरू मध्येबाट थप पाँच जना सफल आवेदक छनौट गरी प्रति व्यक्ति एक कित्ताका दरले पाँच कित्ता समेत गरी जम्मा कुल तीन लाख नौं हजार दुई सय ९५ कित्ता शेयर बाँडफाँड गरिएको संस्थाले जानकारी दिएको छ ।
संस्थाका अनुसार नियमन निकायका प्रतिनिधिहरूको रोहबरमा निष्कासन कम्पनी र निष्कासन तथा बिक्री प्रबन्धकको प्रतिनिधिको उपस्थितिमा सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौंमा शेयर बाँडफाँड कार्य सम्पन्न गरिएको हो ।