काठमाडौं, भदौ ८ । मुक्तिनाथ विकास बैंक लि.ले हिन्दु नारीहरूको विशेष चाड हरितालिका तीजको पावन अवसरमा “मुक्तिनाथ तीज विशेष अफर” योजना ल्याएको छ ।
यो योजना अन्तर्गत भदौ महिना भित्र मुक्तिनाथ विकास बैंकमा “मुक्तिनाथ महिला पेवा बचत खाता” खोल्ने नारीहरूले एक लाख रुपैयाँ सम्मको चिकित्सा सम्बन्धी बीमा, निशुल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (पहिलो वर्षको लागि), निशुल्क मोबाइल बैंकिङ्ग (पहिलो वर्षको लागि) र ट्रयाङकुलिटी स्पाको विभिन्न सेवामा ५० प्रतिशत सम्म छुट (भदौ २०७९ महिनाका लागि) पाउन सक्ने छन् ।
बैंकका अनुसार यो योजनामा शर्तहरू लागू हुने भएकाले यस योजनाका बारे थप जानकारीका लागि बैंकको नजिकैको शाखामा सम्पर्क गर्न सकिने छ । यो योजनाले नारीहरूको सम्मान गर्दै नारीहरूलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसै गरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।