काठमाडौं, भदौ ८ । काठमाडौं महागरपालिकाका मेयर बालेन्द्र साहले नक्सा पासविना बनेका सबै संरचना हटाइने बताउनुभएको छ । गत सोमबार बानेश्वरको संरचना हटाएसँगै आज बुधबार काठमाडौं मल र खिचापोखरीस्थित आरबी कम्प्लेक्सको अगाडि रहेका संरचना पनि भत्काइएको छ।
भवन भाडामा लिएर नक्सा पास विपरीत संरचना बनाइएको भन्दै काठमाडौँ महानगरले त्यस्ता संरचनाहरु धमाधम भत्काइरहेको छ। आफैं फिल्डमा पुगेका साहले अवैध संरचना बनाउने साना ठूला कसैलाई पनि नछाड्ने बताउनुभयो ।
नक्सा पास छैन भने काठमाडौं जिल्ला अदालतको अन्डरग्राउन्ड पनि खाली हुन्छ
मेयर साहले जिल्ला अदालतको अन्डरग्राउन्ड पनि खाली गर्ने बताउनुभएको छ। हामीले जिल्ला अदालतलाई समय दिएका छौं । 'जिल्ला अदालतको नक्सा पास छैन भने त्यहाँ पनि खाली हुन्छ’ उहाँले बताउनुभयो।
महानगरपालिकाले गएको साउनमै अन्डरग्राउन्डका पसल र अन्य संरचना हटाएर पार्किङ क्षेत्र बनाउन ३५ दिने सूचना जारी गरेको थियो ।