
काठमाडौं, भदौ ८। अघिल्लो दिन बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार पनि बढेको छ । आज नेप्से दुई दशमलव ८७ अंकले बढेर दुई हजार ५७ दशमलव ८५ अंकमा पुग्न सफल भएको छ ।
यसैगरी सेन्सिटिभ पनि शून्य दशमलव छ अंकले बढेर तीन सय ९८ दशमलव २९ अंकमा पुग्न सफल भएको छ । आज नेप्सेमा दुई सय २३ वटा कम्पनीहरूको ३३ हजार छ सय ५७ पटकको कारोबारमा ३६ लाख ७८ हजार सात सय पाँच कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल शेयर कारोबार रकम एक अर्ब ५२ करोड ६१ लाख ८६ हजार दुई सय १८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन् । जसमध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, जीवन बीमा, होटल तथा पर्यटन, लघुवित्त र लगानी सहितका सात वटा समुहहरूको सूचक बढेका छन् भने निर्जीवन बीमा, फाइनान्स, ट्रेडिङ, उत्पादकमूलक, अन्य र सामूहिक लगानी कोष सहितका छ वटा समुहहरूको सूचक घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज मन्दाकिनी हाइड्रो पावर कम्पनी, अपरहेवा खोला हाइड्रो पावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने सिद्धार्थ इक्विटी फन्ड, रुरु जलविद्युत परियोजना लिमिटेड, कुमारी इक्विटी फन्ड, मानुषी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य भने घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने अरुण कावेली पावर लिमिटेड, अपि पावर लिमिटेड, रिडी हाइड्रो पावर कम्पनी आदि परेका छन् ।