काठमाडौंका मेयरलाई धरानका मेयरको अर्को व्यंग्य
व्यवस्थापन नमिलाई कसैलाई विस्थापित गर्नु हुँदैन
काठमाडौं, भदौ ९। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले काठमाडौंका मेयर बालेन्द्र साहलाई व्यंग्य गर्ने क्रम रोकिएको छैन ।
काठमाडौं महानगरपालिकाले काठमाडौंका अनधिकृत संरचनाहरु डोजर लगाएर भत्काउने कार्य गरिरहेका बेला साम्पाङले काठमाडौंका मेयर बालेन्द्र साहलाई अर्को व्यंग्य गर्नुभएको छ ।
सामाजिक सञ्जालमा उहाँले भन्नुभएको छ, "व्यवस्थापन र पुनर्बासको प्रबन्ध नमिलाई कसैलाई विस्थापित गर्नु हुँदैन । सबैको बाँच्ने अधिकार हुन्छ ।"
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९ ०९:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय