Kath Khabar
एकै दिन १८ अंकले घट्यो नेप्से, सबै सूचक रातै



           काठमाडौं, भदौ ९ । नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज बिहीबार १८ दशमलव तीन अंकले घटेर दुई हजार ३९ दशमलव ५४ अंकमा सीमित हुन पुगेको छ ।

यसैगरी सेन्सिटिभ पनि तीन दशमलव ७८ अंकले घटेर तीन सय ९४ दशमलव ५१ अंकमा सीमित हुन पुगेको छ । आज नेप्सेमा दुई सय १९ वटा कम्पनीहरूको ३२ हजार नौं सय ४४ पटकको कारोबारमा ४२ लाख ३४ हजार एक सय १७ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा कुल शेयर कारोबार रकम एक अर्ब ७१ करोड ७४ लाख ३६ हजार सात सय ४१ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन् । ति मध्ये वाणिज्य बैक, विकास बैंक, फाइनान्स, जलविद्युत, उत्पादनमूलक, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, लघुवित्त, सामूहिक लगानी कोष अन्य र लगानी सहितका सबै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज अपरहेवा खोला हाइड्रो पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी, जाल्पा लघुवित्त वित्तीय संस्था आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा भने पहिलो स्थानमा मैलुङ खोला जलविद्युत कम्पनी, कुमारी धनबृद्धि योजना, गणपति लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने हिमाल दोलखा हाइड्रो पावर कम्पनी, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, अरुण कावेली पावर लिमिटेड आदि परेका छन् ।  


 

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update