Kath khabar
अल्फाबिटाको अवैध संरचनामा महानगरले चलायो डोजर

 
             काठमाडौं, भदौ ९। काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अवैध संरचनामा डोजर चलाएको छ। अल्फाबिटाले भुईं तल्लामा अवैध तवरले पसल सञ्चालन गरेको निश्चित भएपछि महानगरले डोजर चलाएको हो ।

बिहीबार बिहान अल्फा बिटा ग्रुपका सञ्चालक द्विराज शर्मासँग मेयर साहले उनीहरुसँग नक्सा मागेको विषयमा भनाभन भएको थियो । शर्माले अवैधानिक काम नगरेको बताउदै मेयर साहले आफूलाई थर्काएको बताएका थिए । मेयर साहले उनीहरुसँग नक्सा माग्दा महानगरमै भएको जवाफ दिएपछि आक्रोशित बनेका साह तुरुन्तै नक्सा लिएर पुनः अल्फाबिटा पुग्नुभएको हो ।

 

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update