थप ४४४ जनामा कोरोना पुष्टि, थप तीन जनाको मृत्यु
तीन सय सात जना संक्रमणमुक्त
काठमाडौं, भदौ ९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा चार सय ४४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुुल चार हजार नौं सय ५४ वटा नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या तीन रहेको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार नौं सय ९८ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप तीन सय सात जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या चार हजार एक सय ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९ १९:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय