काठमाडौं, भदौ १० । नेकपा एमालेका युवा नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको सामाजिक सञ्जालमा भिडन्त चलेको छ ।
नेकपा एमालेका युवा नेता महेश बस्नेतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले गरिरहेको कामप्रति असन्तुष्टि जनाउदै टिप्पणी गरेका छन् । हिजो बिहिबार नयाँ बानेश्वरको अल्फा बिटाको अवैध संरचनामा महानगरले डोजर चलाएपछि महेश बस्नेतले साहप्रति टिप्पणी गर्दै लेखेको एउटा स्टाटसमा मेयर बालेन साहको एउटा कमेन्टलाई लिएर बस्नेत मेयरमाथि खनिएका हुन् । साहकोे बरु हजुरको घरको नक्सा पास छ कि छैन भनेर गरिएको प्रश्नमा बस्नेतले मेरो घरको नक्सा हेर्न मन भए सुर्यबिनायक नगर पालिकामा काजमा आउनुहोला, तपाँईलाई भत्काउने र ध्वंस गरेर हिरो हुन्छु भन्ने लाग्या होला भन्दै कडा प्रतिक्रिया दिएका छन् । उनले अगाडि लेखेका छन् –
तपाँईलाई सबैको घरको नक्सा हेर्ने भुत सवार भएछ्। मेरो घरको नक्सा हेर्न मन भए सुर्यबिनायक नगर पालिकामा काजमा आउनुहोला । तपाँईलाई भत्काउने र ध्वसं गरेर हिरो हुन्छु भन्ने लाग्या होला । हम्रो तिर ध्वसं होइन निर्माणको लहर चलेको छ्। यताका डोजरमा मेयर चडदैनन ड्राइभर चड्छन्। डोजर चलाउन रहर भए ड्राइभिङ्ग सिकेर आउनुहोला । अनि २/४ सय फेस बुके फ्यान भए भनेर नमात्तिनु बिगतका यस्ता २/४ सय फेसबुके फ्यान भएका म्यान अहिले कहाँ छन खोज्नै पर्ने भाको छ्। गाली गलौजको संस्कृति हाम्रो संस्कृति होइन । त्यस्को बिकाश र प्रोत्साहनमा अहिलेत रमाइलै होला पछि तपाईका बिरोधिले पनि तेही शैली अपनाए भने गार्हो होला।
यसैबीच शुक्रबार बिहान ग्ल्यासियर कलेजको एक कार्यक्रममा बोल्दै बस्नेतले फेसबुके ट्यापेहरूले सुधार गृहमा लैजाने भनेका छन् । उनले भने, ‘२/४ जना फेसबुके ट्यापेहरूले मान्छेलाई गाली गरेर केही हुन्न। उनीहरूलाई सुधार गृहमा लैजाने हो। निराश हुनुपर्दैन, २९४ जना ट्यापेहरूलाई सुधार गृहमा लैजाने अभियानको नेतृत्व महेश बस्नेतले गर्छ, चिन्ता लिनुपर्दैन।’
कार्यक्रम लगत्तै उनले सामाजिक सञ्जालमै फेरी अर्को स्टाटस राखेका छन् । मेरो एउटा सानो स्टाटसले नै भुकम्प गयो त भन्दै उनले लेखेका छन् – कति कमजोर धरातलमा टिकेका रहेछौ नव उद्वारबादी, मबादी र सस्तो लोकप्रीयताबादी साथि हो मेरो एउटा सानो स्टाटसलेनै भुकम्प गयो त।
सामाजिक सञ्जालमा चलेको यो दोहोरीमा समर्थन भने साहप्रति नै बढि देखिएको छ । बस्नेतको स्टाटसमा अधिकांस आलोचनात्मक टिप्पणीहरु रहेका छन् ।