
काठमाडौं, भदौ १० । नेप्से पुन घटेको छ । साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्से १६ दशमलव ९३ अंकले घटेर दुई हजार २२ दशमलव ६२ अंकमा सीमित हुन पुगेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७५ अंकले घटेर तीन सय ९१ दशमलव ७६ अंकमा सीमित हुन पुगेको छ । आज नेप्सेमा दुई सय १३ वटा कम्पनीहरूको २७ हजार एक सय २० पटकको कारोबारमा ३५ लाख ८८ हजार आठ सय ३३ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट कुल कारोबार रकम एक अर्ब २९ करोड ४८ लाख ३२ हजार आठ सय २० रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये जीवन बीमा सूचक बढेर वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १२ वटा समुहहरूको सूचक घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड, अपरहेवा खोला हाइड्रो पावर कम्पनी, एनआईसी एशिया ग्रोथ फण्ड आदिको शेयर मूल्य बढेका छन् भने वीन लघुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी कम्पनी, एनआईसी एशिया सुलभ फन्ड आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने हिमाल दोलखा हाइड्रो पावर कम्पनी, रिडी हाइड्रो पावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेका छन् ।