Kath Khabar
महानगरले राहदानी विभागको बेसमेन्ट खाली गराएपछि सेवाग्राहीलाई पार्किङ गर्न खुला

 

            काठमाडौं, भदौ १० । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्डमा रहेको होल्डिङ एरिया खाली गराएपछि विभागले सेवाग्राहीलाई पार्किङ खुल्ला गर्ने भएको छ । विभागले एक सूचना जारी गर्दै आइतबारदेखि पार्किङ खुल्ला गर्ने बताएको हो ।

महानगरपालिकाले बेसमेन्टमा रहेका बेञ्चहरु हटाएर पार्किङका लागि खालि गराएको हो। विभागले सवारी पार्किङका लागि छुट्याउनुपर्ने बेसमेन्टमा प्रतिक्षालय बनाएको पाइएको थियो ।

आइतबारदेखि पार्किङ खुल्ला गर्ने भन्दै विभागले बाहिर सडकमा पार्किङ नगर्न अनुरोध गरेको छ । राहदानी लिन आउने सेवाग्राहीहरू सधै झै गेट नं. २ बाट प्रवेश गर्न र आवेदकहरु तोकिएको समय र दिनमा मात्रै आउन विभागले सूचना मार्फत आग्रह गरेको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update